गौरा पर्व मलेसियामा भव्यरुपम सम्पन्न

everest kitchen

मलेसिया ।  सुदूरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना साथै पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण, सम्वर्द्धन तथा प्रचारप्रसार मा टेवा पुर्याउने उदेश्यले सुदुर पस्चिमेली समाज मलेसिया द्वारा आयाेजित  गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम १० सितेम्बर २०२३ आईतबारका दिन सम्पन्न भएकाे छ।

सुदुर पस्चिमेलि समाज मलेसियाका अध्यक्ष दिनेश खड्का खप्तडिकाे अध्यक्षता र  नेपाली राजदूतावास मलेसियाका कार्यबाहक राजदूत एवं प्रथम सचिव बलिराम प्रसाद धामि काे आतिथ्यतामा सुदूरपश्चिममा मनाईने गौरा पर्वकाे शुभकामना कार्यक्रम  भब्य रुपमा सम्पन्न भएकाे हाे ।

होटल ग्रान्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजना गरिएको कार्यक्रममा नेपाली राजदुतावास मलेसियाका प्रतिनिधि लगायत मलेसियामा क्रियासिल बिभिन्न संघ-संस्थाका अध्यक्ष  तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालबाट आफ्नो प्रस्तुति सहित सांकृतिक कार्यक्रममा सहभागी  देउडा गायक सुरेश चोखाल साथै नेपाली साङ्गीतिक क्षेत्रमा उदाउदै गरेका स्थानीय सम्पुर्ण कलाकारहरुकाे समेत बेजाेड प्रस्तुती रहेकाे थाेयाे।

कार्यक्रमलाई सफल पार्नको लागि सस्थाका
संरक्षक टेक बहादुर बुढा,  प्रमुख सल्लाहकार टेक बहादुर टमोटा  , आयोजक केन्द्रीय समिति परिवार का सबै  सहित पेनाङ्ग सम्पुर्ण कार्यसमिति परिवार, जोहोरबारु सम्पुर्ण कार्यसमिति , सेलाङ सम्पुर्ण कार्यसमिति, , मल्लका कार्यसमिति जोहोरबारु र पेनाङ्ग समितिकाे  महत्वपुर्ण भुमिका देखिन्थ्याे।

कार्यक्रमा मुख्य प्रायोजक उग्रतारा रेष्टुरेन्ट कोतारिया, न्यू उग्रतारा रेष्टुरेन्ट सेरबान ,र सह-प्रयोजनक मा वरपिपल रेष्टुरेन्ट केलाङ, डे काष्ठमण्डप बुक्ति बिन्ताङ,बम राजा इन्टरप्राइजेज सेनाई जोहोर , दिप ज्योति रेष्टुरेन्ट कोतरायालाई रहेका थिए।

कार्यक्रम सन्चालन भने सुदुर पस्चिमेली समाज मलेसियाका   उपाध्यक्ष पुर्ण बहादुर बिष्ट र जोहोरबारु क्षेत्रिय उपसचिव कपिल बोहोराले गर्नु भएकाे थियाे । कोभिड १९ पछिको संस्था हरुको मध्य सबै भन्दा  ठुलो र भब्य रुपमा कार्यक्रम सम्मपन्न भएकाे छ ।