प्रवासी नेपाली मञ्च मलेसियाको पेनाङको पुनर्गठन

everest kitchen

क्वालालम्पुर । नेकपा एमालेको प्रवास संगठन “प्रवासी नेपाली मञ्च” मलेसियाले पशुपति देवकोटाको अध्यक्षतामा १३ सदस्यिय पेनाङ्ग राज्य कमिटी पुनगर्ठन गरेको छ।

पेनाङ्ग राज्य ईन्चार्ज एवं केन्द्रीय सदस्य राधिका क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको भेलामा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका केन्द्रीय अध्यक्ष दयाराम कुमाल प्रमुख अतिथी रहेका थिए ।

यस्तै उक्त भेलामा प्रवासी नेपाली मञ्च मलेसियाका केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ, एनआरएनए मलेसियाका केन्द्रीय सदस्य राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

यसैगरी पुनगर्ठन अध्यक्षमा पशुपति देबकोटा,उपाध्यक्षमा पुर्ण बहादुर वली,सचीवमा प्रेम प्रसाद खनाल,सह-सचीवमा निराजन देबकोटा सदस्य हरुमा क्रमशः गोबिन्द थापा, आकस श्रेष्ठ, सुवेदी,सुजता राई, कल्पना दर्जी ,कोपिला राई,ग्यानीमाया वाइबा, रन्जीता लोप्चन, सीता रानालाई सर्वसम्मत चयन गरिएको केन्द्रीय कमिटीका सचिव कृष्ण खड्काले बताए।

प्रवासी नेपाली मंच मलेसियाका अध्यक्ष दयाराम कुमालले नयाँ नेतृत्वलाईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै बधाई साथै यस राज्य कमिटीले प्रवासमा रहेका नेपाली श्रमजीवीको पक्षमा अग्रपंक्तिमा रहेर आवाज उठाउन सकोस् भनि शुभकामना व्यक्त गरेका थिए ।

यस्तै पुनगर्ठन कमिटीले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य,पूर्व सभामुख नेकपा (एमाले)का उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको र यस दु:खद घडीमा शोकसन्तप्त परिवारजन साथै शुभेच्छुकप्रति समवेदना प्रकट गर्दै नेम्वाङको फोटोमा माल्यार्पण समेत गरेको थियो ।