गैर आवासीय नेपाली संघ मलेसियाद्वारा आयोजित तिज बिशेश कार्यक्रम भब्य रुपमा सम्पन्न

everest kitchen

क्वालालम्पुर । गैर आवासीय नेपाली संघ एन आर एन ए मलेसियाद्वारा आयोजित तिज बिशेश कार्यक्रम भब्य रुपमा सम्पन्न सम्पन्न भएको छ।

मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्तिनेन्टलमा आईतवार सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष बिनोद थापाको सभापतितब र नेपाली राजदुतावास मलेसियाका महामहिम राजदुत डिल्ली राज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यसै गरि कार्यक्रममा मलेसियामा रहेको विभिन्न संघ संस्थाको प्रतिनिधिहरु,नेपाली राजदुतावासका कर्मचारी हरुको पनि उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार र मलेसियामा रहेको लोकल कलाकारहरुले मनोरञ्जनको लागि विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यक्रममा मलेसिया भरी छरिएर रहेको नेपाली हरुकोको बाक्लो उपस्थिति साथै मलेसियामा रहेको नेपाली भासी मलेसियन नागरिकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

त्यस्तै सम्पन्न कार्यक्रमलाई रिया मनि ट्रान्सफर र एक्रोस ट्राभलले प्रायोजन गरेको थियो।