जनजाति महासंघले फाल्गुनन्द जयन्ती मनायो

everest kitchen

नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखाले १ सय ३८ औं महागुरु फाल्गुनन्द जन्म जयन्ती मनाएको छ ।
यहि नोभेम्बर ११ तारिख क्वालालुम्पुर स्थित द गोर्खाज रेष्टुरेन्टमा नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारी र बिभिन्न अतिथिहरुको उपस्थितिमा जन्म जयन्ती मनाएको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसिया सल्लाहकार दीलकूमार केरुङ्गले महागुरुको आर्शिवाद सम्पूर्ण जगतमा लागोस भन्ने कामना ब्यक्त गर्नुभयो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपीन राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली ब्यवसायी समाज मलेसियाका अध्यक्ष इन्द्रनारायण लिम्बु, एनआरएनए मलेसियाका कोषाध्यक्ष बालध्वज लिम्बु लगायतकाको उपस्थिति रहेको थियो ।