सडकमा बसोबास गरिरहेका ५ नेपालीको उद्दार गरी स्वदेश फिर्ता

everest kitchen

सबिन लोप्चन
मलेसिया ः- मलेसियामा बिभिन्न कारणले बिचल्ली परेका ५ नेपालीहरुको प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) को समवंयमा मलेसियामा बिभिन्न कारणले बिचल्ली परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन् ।
बिगत लामो समय देखि काम बिहिन भएर सडकमा बास भएका नेपालीहरुको उद्वार गर्ने क्रममा पिएनसीसी मलेसियाले पहिलो चरणमा ५ जना लाई स्वदेश फिर्ता पठाएको छ । स्वदेश फर्किनेहरुमा नवलपुरका दिनेश फेवाली मगर,तेह्रथुमका बाबुराम लिम्बू,लम्जुङका कणर्बहादुर गुरुङ,सुन्सरीका बिष्णु बहादुर मगर,कैलालिका डग राम चौधरी रहेका छन ।
जस मध्य दिनेश फेवाली मगरलाई नेपाल मगर संघ मलेसियाले अध्यागमनमा लाग्ने जरिवाना शुल्क सहयोग गरेको थियो भने पिएनसिसि ले टिकटको ब्यवस्था गरेको थियो । त्यस्तै बाबुराम लिम्बूलाई तेह्रथुम मञ्च मलेसियाले जरिवाना शुल्क र प्रवासी नेपाली मञ्च मलेसियाले टिकट सहयोग गरेको थियो । त्यस्तै कणर् बहादुर गुरुङलाई भने सबै खर्च तमु समाज मलेसियाले बेहोरिएको छ भने डगराम चौधरीलाई थारु कल्याणकारी सभा मलेसियाले हवाई टिकट र रास्वपा प्रबास बिभाग मलेसियाले जरिवाला शुल्कको ब्यबस्थापन गरेको थियो भने बिष्णुबहादुर मगरलाई लाग्ने खर्छ पिएनसीसी मलेसियाले बेहोरीएको पिएनसीसी मलेसिया प्रतिनिधि पुणर् लिम्बुले जानकारी गराए ।
त्यस्तै उद्दार पछि घर फर्किनेहरुलाई पिएनसीसी मलेसियाले सबै खाना खर्च बेहोरीएको थियो भने गैर आवासीय नेपाली संघ मलेसियाले सेल्टर हाउस उपलब्ध गराउदै बस्ने ठाउँ उपलब्ध गराएको थियो ।
त्यस्तै उद्दार पछि घर जाने ५ जनालाई खादा लगाउदै बिदाई गर्न प्रवासी नेपाली मञ्चका बरिस्ठ उपाध्यक्ष जीवन देवान गाउले, समाज सेवी पदम लिम्बू, पिएनसीसी प्रतिनिधि पुणर् लिम्बू उपस्थितिमा बिदाई गरेका थिए भने पीडितहरुले सडकबाट उठाएर स्वदेश फर्काईएकोमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।