मलेसियामा भेटाएको ५ लाख रिंगेट फिर्ता गर्ने शेर्पा सम्मानित

everest kitchen

सबिन लोप्चन

काम गर्ने ठाउँमा भेटिएको ५ लाख रिगेट फिर्ता गर्ने दावा शेर्पा सम्मानित भएका छन् ।
मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत दावा शेर्पालाई नेपाली राजदुतावास मलेसिया र शेर्पा संघ मलेसियाले सम्माम गरेका छन् ।
सोलुखुम्बु जिल्ला, दुधपोखरी नगरपालिका -१० स्थायी घर भई मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनी मा कार्यरत शेर्पाले मिति २० मार्च २०२४ को विहान एट्रीया समिप्ङ कम्प्लेक्स महल दमन्सरामा ड्युटीको क्रममा भेटिएको आर एम ५८७५१६ रिंगेट सहितको पैसाको झोला इमानदारीपूर्वक आफु कार्यरत कम्पनीमा जानकारी गराई आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गरेको कारण बिदेशी भुमिमा नेपाल र नेपालीको शिर उच्च बनाएकोले नेपाली राजदुतावास मलेसियाद्वारा सम्मान गरेको दूतावासका एक अधिकारीले जानकारी गराएको थियो ।
दूतावासले शेर्पा कार्यरत कम्पनीको सञ्चालक र शेर्पालाई दूतावासमा नै निमन्त्रणा गरेर नेपाली राजदुतावास मलेसिया परिवारको बिच भेटघाट गरि शेर्पा लाई मिति २६ मार्छ २०२४ मा ईमान्दारीताको कदर गर्दै सम्मान गरेको पनि दूतावास स्रोतले जानकारी गराए ।
यस अघि शेर्पा संघ मलेसियाले पनि उनलाई इमान्दारी पूर्वक काम गरेर सबै नेपालीको शिर उचो बनाएकोमा सम्मानित गरेको थियो ।