बुद्ध जयन्ती कार्यक्रमको सम्मान तथा आर्थिक प्रतिवेदन कार्यक्रम सम्पन्न

everest kitchen

मे १२ तारिख २५६९ औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भए पश्चात विविध कारणले थाति रहेको कार्यक्रम सहयोगिहरुलाई सम्मान तथा धन्यवाद साथै आर्थिक प्रतिवेदन कार्यक्रम यहि जुलाई १२ शनिबार सम्पन्न भएको छ ।
नेपाल राजदुतावासको हलमा सम्पन्न कार्यक्रममा कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद–पत्र र दोसल्ला ओढाएर धन्यवाद ज्ञापन गरिएको थियो ।
नेपाल राजदुतावास मलेसिया लगायत मलेसियामा रहेका बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु आयोजक समिति रहेको कार्यक्रमलाई नेपाल राजदुतावासका राजदुत डा. नेत्रप्रसाद तिमल्सिनाले कार्यक्रम एकदमै सौहार्दपूर्ण, भब्य रुपमा सम्पन्न गर्न सबै जना उत्तिकै खटेर लाग्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुमा पनि नेपाल राजदुतावास मलेसियाबाट सामाजिक कार्यहरुमा सहयोग र सहकार्य रहिरहने बताउनुभयो ।
कार्यक्रममा कार्यक्रम आयोजक समितिका आर्थिक संयोजक नेत्र केसीले आर्थिक विवरण पेश गर्दै आरएम ३८९३७.६६ रकम उठेकोमा आरएम ३१५८२.१७ खर्च भएको र बाँकी रकम कोषमै रहेको जानकारी गराउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राईले कार्यक्रममा आर्थिक सहयोगीहरुको नाम तथा विवरण प्रस्तुत गर्दै सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रम नेपाल राजदुतावासकी डिसीएम मुदिता बज्राचार्यले सञ्चालन गर्नुभएको थियो भने सहभागीहरुलाई खाजा नास्ताको व्यवस्था नेत्र केसीले गर्नुभएको थियो ।