आमाको माया जूनझैँ उज्यालो,
बुवाको साथ हिमालझैँ बलियो।
उहाँहरूको आशीर्वाद साथमा हुँदा,
अधुरो सपना पनि बन्छ सफल र उज्यालो।
जीवनका हरेक मोडमा हौसला दिने,
गल्ती गर्दा सही बाटो देखाइदिने।
आमाबुवाको शुभकामना साथ रहँदा,
असफलता पनि सफलतामा बदलिने।
धनभन्दा ठूलो हुन्छ उहाँहरूको माया,
संघर्षमा पनि दिलाउँछ नयाँ छाया।
आमाबुवाको आशिष् बोकेर अघि बढे,
पूरा हुन्छ जीवनका हरेक चाहना र सपना।
कविता दिक्षान्स खड्का











