क्रोएसियामा विदेशी कामदारका लागि भाषा अनिवार्य, बसोबास अनुमति नवीकरणमा कडाइ
जाग्रेब । क्रोएसिया सरकारले विदेशी नागरिकसम्बन्धी ऐन (Foreigners Act) संशोधन प्रस्ताव संसदमा पेश गरेको छ। प्रस्तावित संशोधनअनुसार अब विदेशी कामदारले क्रोएसियामा एक वर्ष बसोबास गरेपछि आवास तथा कार्य अनुमति (Residence and Work Permit) नवीकरण...
हेमराज शर्मालाई उम्मेदवारी घोषणामै झट्का, प्रवासी नेपाली मञ्चको असहयोग
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष डा. हेमराज शर्मालाई नेकपा (एमाले) को भ्रातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) ले झड्का दिएको छ।
शर्माले...
आठौँ हिमालयन गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
क्वालालम्पुर: मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।
क्वालालम्पुर हिमालय एफसीद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजकले आइतबार (फेब्रुअरी ८)...
भारतको अवैध कोइलाखानीमा विस्फोटःनेपालकाका दुई युवासहित १८ जनाको मृत्यु
काठमाडौं । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ ।
मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमापरी मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी...
भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि अनलाइन मतदानको व्यवस्था गर्न परराष्ट्र मन्त्रालयको सुझाव
काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्नुपर्ने स्पष्ट गर्दै भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि अनलाइनमार्फत मतदानको व्यवस्था गर्न सुझाव दिएको छ।
मन्त्रालयले संघलाई पठाएको पत्रमा गैरआवासीय...
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण : राष्ट्रपति पौडेल
टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गरेका छन् ।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै...
नेपाली दूतवास, एनआरएनए जोहोर र पिएनसिसिको सहयोगमा चन्द्रकला मगरको उद्धार
मलेसिया। मोरङ जिल्ला, मधुमल्लाकी चन्द्रकला राना मगर करिब १५ वर्षअघि पर्यटन भिसामा मलेशिया आएकी थिइन् । एक एजेन्टको सहयोगमा काम गर्ने परमिट बनाएपछि उनले कहिले आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्ने त कहिले अरूको रेस्टुरेन्टमा काम...
स्पेनमा रहेका नेपालीको समस्या समाधानका लागि एनआरएनएको आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसीले स्पेनमा रहेका नेपाली नागरिकहरूको पासपोर्टसम्बन्धी समस्या तत्काल समाधान गर्न राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालको ध्यानाकर्षण गराएका छन् ।
स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने घोषणा...
पेनाङमा रास्वपा प्रवास सम्पर्क विभाग मलेसियाको २३ सदस्यीय राज्य कमिटी गठन
पेनाङ (मलेसिया) — रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) प्रवास सम्पर्क विभाग मलेसियाले संगठन विस्तारको उद्देश्यसहित मलेसियाको पेनाङ राज्यमा २३ सदस्यीय राज्य कमिटी गठन गरेको छ। कमिटी गठन कार्यक्रम रास्वपा प्रवास सम्पर्क विभाग मलेसियाका सभापति नेत्र...
एनआरएनए अध्यक्षमा रोविन शेरचन जस्तो विवादरहित व्यक्ति चाहिएको छ : महेश श्रेष्ठ
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले संघको आगामी नेतृत्वका लागि रोबिन शेरचन जस्तो विवादरहित र सबैलाई समेट्न सक्ने व्यक्तिको आवश्यकता रहेको बताएका छन् । एनआरएनएको १२औँ महाधिवेशनका लागि आइतबार जापानमा आयोजित...











