१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर आईपीओ आज बाँडफाँड गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न बाँडफाँड कार्यक्रममार्फत गोलाप्रथाद्वारा भाग्यमानी आवेदक छनोट...

ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ परेका छन् । ‘स्मार्ट टेलिकम प्रा. लि’ को अनुमतिपत्र रद्द भई नेपाल सरकारको नियन्त्रणमा...

प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले जवाफ दिन सक्ने व्यवस्था छ : प्रमुख सचेतक बुर्लाकोटी

काठमाडौं । सत्तारुढ दल रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीले तोकेको मन्त्रीले भाग लिने र जवाफ दिने कानुनी रुपमा व्यवस्था रहेको स्पष्ट पारेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले नीति...

गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर : सडक मिचेर बनाइएका टहरा भत्काइँदै

रौतहट । रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित र स्वच्छ बनाउने अभियान अन्तर्गत अवैध रूपमा निर्माण गरिएका घर, टहरा र अन्य संरचनाहरू भत्काउन सुरु गरेको छ। सार्वजनिक सडक, नाला र ऐलानी जग्गा मिचेर बनाइएका संरचनाहरूका...

विपक्ष दलका नेताहरुले गरे संसद बहिस्कार (तस्विरहरु)

बुधबार बसेको प्रतिनिधि सधाको बैठक बहिष्कार गरेर विपक्षी दलका सांसदहरू बाहिरिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका

सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेर संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री...

रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

सिरहा । सिरहाको औरही गाउँपालिका–३ मा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनामा वडाध्यक्षसहित पाँच जनाविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ । स्थानीय वीरेन्द्र साहलाई सडक खाली गराउने क्रममा रुखमा बाँधिएको घटनापछि पीडित पक्षको...

बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

बाजुरा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको भिरबाट खसेको ढुंगा लागेर मृत्युु भएको हो । मृतक थापा बुढीगंगा नगरपालिका...

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीको घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । गत आवको तेस्रो...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा...