मन्त्री श्रद्धा श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान
काठमाडौं । नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेकी छन्। उनले काठमाडौंबाट मतदान गरेकी हुन्।
मन्त्री श्रेष्ठले भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी...
शेखर कोइरालाले गरे मतदान
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मतदान गरेका छन् ।
मोरङ क्षेत्र नं ६ का उम्मेदवार कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।
रौतहटमा दिउँसो साढे १२ बजेसम्म ३८ प्रतिशत मतदान, उत्साहजनक सहभागिता
रौतहट । रौतहटमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा दिउँसो १२ः३० बजेसम्म ३८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला...
बाजुरामा शान्तिपूर्ण निर्वाचन, मतदान धमाधम
बाजुरा । बाजुरामा अहिलेसम्म करिब ३४ हजार बढी मत खसेको छ । यहाँ ७७ मतदान स्थलका ११८ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्रमा सो सङ्ख्यामा मत खसेको हो ।
विहान ७ बजेदेखि यहाँका ९...
दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो
काठमाडौं । निवर्चान आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदान केन्द्रमा ४४ लाख ५५ हजारभन्दा बढी मत खसेको छ ।
आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार...
वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौं । मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण हवाई क्षेत्र बन्द हुँदा नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ । निगमले बिहीबार सूचना जारी गर्दै २०८२ फागुन २१ गतेका लागि तय गरिएको...
क्रियापुत्रीले पनि गरे मतदान
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१ स्थित श्री मिन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा क्रियापुत्रीले पनि मतदान गरेका छन् ।
छायाँनाथ रारा नगरपालिका–१ निवासी ९३ वर्षीया रुपा मल्लको नौं दिनअघि आफ्नै निवासमा निधन भएको थियो...
ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज(विहीबार) बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा...
कर्णालीमा झण्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा
सुर्खेत । कर्णाली प्रदेशको १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत हुम्लामा खसेको छ ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार दिउसो १ बजेसम्म कर्णालीमा ३०.७ प्रतिशत मत खसेको छ ।
सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको...
निर्वाचन आयोगले भन्योः ‘हेलिकोप्टर उडाउन बालेनले अनुमति लिएका थिए’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाह मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र झापा जान चढेको हेलिकोप्टर बीच बाटोबाटै काठमाडौं फर्किएको घटनाले यतिखेर विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन्...











