चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम चितवन–२ का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् ।
उनले हालसम्मको मतगणनामा २ हजार २५ मत प्राप्त गर्दा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत प्राप्त...
रुकुमपूर्वमा मतगणना सुरु
रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु भएको छ ।
बिहीबार मतदान सम्पन्न भएपछि रातभर विभिन्न मतदान केन्द्रबाट ल्याइएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी सर्वदलीय बैठकपछि सिल...
रास्वपाका गणेश पौडेलको उत्साहजनक अग्रता, दोस्रो स्थानमा भट्टराई
रौतहट । रौतहट क्षेत्र नम्बर ४ अन्तर्गत गढीमाई नगरपालिका–९ को इनरवाटोलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले स्पष्ट अग्रता लिएका छन् । ७७८ मत गणना हुँदासम्म पौडेलले भारी मतान्तरसहित आफ्नो...
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण सम्पन्नमा सन्तोष, सबै पक्षलाई धन्यवाद
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन् ।
उनले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल,...
ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो
ललितपुर । ललितपुरमा हालसम्मको मतदान विवरण सार्वजनिक भएको छ । ललितपुरमा कुल ६८.३३ प्रतिशत मतदान भएको छ ।
क्षेत्र नं १ मा कुल ५२,६३२ मतदाता मध्ये २५,७४१ महिला र २६,८९१ पुरुषले मतदान गरेका छन् ।
क्षेत्र...
मुगुमा कुल ६१.३८ प्रतिशत मत खस्यो
मुगु । मुगुमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार कुल ६१.३८ प्रतिशत मत खसेको जनाइएको छ ।
मतदाता विवरण अनुसार, महिला मतदाताको संख्या ११ हजार ५८४ र पुरुष...
प्रिमियर कलेज बानेश्वरबाट मतपेटिका संकलन (फाेटाे)
प्रिमियर कलेज, बानेश्वर मतदान केन्द्रबाट मतदान सकिएपछि मतपेटिका संकलन गरिएको छ। संकलित मतपेटिका सुरक्षित रूपमा सम्बन्धित मतगणना स्थलतर्फ लगिएकाे हाे ।
तीनकुने गैरीगाउँ अन्नपूर्ण विद्यालयबाट मतपेटिका संकलन (फाेटाे)
काठमाडौं महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट मतदान सकिएपछि मतपेटिका संकलन गरिएको छ। संकलित मतपेटिका सुरक्षित रूपमा सम्बन्धित मतगणना स्थलमा पठाइने प्रक्रिया अघि बढाइएको छ। निर्वाचन आयोगले मतपेटिका ढुवानी तथा व्यवस्थापनको पूर्ण सुरक्षा...
वसन्तपुर मतदान स्थलबाट मतपेटिका सील गरी मतगणना स्थलतर्फ पठाइयो (तस्विरहरू)
बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ। काठमाडौंको बसन्तपुर मतदान स्थलबाट मतदान सकिएसँगै मतपेटिका सुरक्षित रूपमा सील गरेर सम्बन्धित मतगणना स्थलतर्फ पठाइएका छन् । मतपेटिका ढुवानीको यो प्रक्रिया निर्वाचन...
कर्णालीमा ५२ प्रतिशत मत खस्यो, मत पेटिका सदरमुकाम ल्याँइदै
सुर्खेत । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन कर्णालीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको हो । कर्णालीका १२ निर्वाचन...










