अफगानिस्तानमा भूकम्प
एजेन्सी। अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ ।
ग्रीनवीच समयानुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु १०...
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।
सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल...
देशभर १ करोड ९२ हजार डोज खोप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई
काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप...
सुदूरपश्चिम प्रदेशसभामा हालसम्म नेपालको पक्षमा १० जना सांसदको सनाखत
कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा १० जना प्रदेश सभा सदस्यले सनाखत गरेका छन् ।
एमालेबाट १४ सांसद विभाजन गरेर सबै भन्दा ठूलो दल बन्ने तयारी गरेको नेकपा एकीकृत...
दाङको सिस्नेखोला पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय दाङले सिस्नेखोलामा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।
दाङ प्रशासनले सूचना जारी गर्दै दाङको लमही घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको...
सुनसरीको गढी गाउँपालिकाका वडाध्यक्षको निधन
सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ ।
उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।
चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए...
प्रवासी नेपाली श्रमिक लक्षित ‘तनाव ब्यबस्थापन तथा मनोपरामर्श’ कार्यक्रम हुने
दिनेश खड्का'खप्तडी'
मलेसिया। तनाव ब्यबस्थापन तथा मनोपरामर्श विषयमा भर्चुअलको माध्यमबाट यहि सेप्टेम्बर ५ तारिख अन्तक्रिया कार्यक्रम हुने भएको छ ।सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाको आयोजनामा अन्तक्रिया कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा तनाव ब्यबस्थापन तथा मनोपरामर्श...
भुजीखोला बाढी : एक वर्षसम्म अझै बेपत्ता ती १५ जनाको
तारानाथ आचार्य, बलेवा। केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा...
मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने
काठमाडौ। ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिवानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो ।
महाशाखाले...
सभामुखविरुद्ध ओली सर्वोच्चमा
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गराएका छन्। एमालेले कारबाही गरेका प्रतिनिधिसभाका सदस्यलाई सभामुख सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न...











