काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश,...
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुदै छन् ।
आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुदै छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि हुदै छ ।
जारी विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जितेको छ । अफगानिस्तानले युगान्डालाई पराजित गर्दै २ अंक हासिल गरेको छ । त्यस्तै न्यूजील्याण्डको...
काठमाडौं । नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिएकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७: १५ बजे राष्ट्रपति भवनमा हुने भएको छ ।
यसअघि आजै मोदीले...
सञ्जय मिश्रा
रौतहट- पछिल्लो समय रौतहटका स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धानको नाममा आतंक फैलिएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।
रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित आयोजित कार्यक्रममा शुक्रबार अधिकांश जनप्रतिनिधि त्यस्तो गुनासो गरेका हुन्।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडाको कार्यकेत्र अन्तर्गत सबैभन्दा बढी मुद्दा पर्ने दोस्रो जिल्लाको रुपमा रौतहट रहेको बताइएको छ। अख्तियार हेटौंडा अन्तर्गत १२ जिल्लामध्ये सबभन्दा बढी मुद्दा पर्ने जिल्लाको रूपमा बारा रहेको...
काठमाडौँ । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव दिएको छ ।
सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले आज काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोललाई प्रतिवेदन बुझाउँदै शिफारिसका विषयमा जानकारी...
काठमाडौँ । आइसीसीले जारी टी-२० विश्वकपका खेल भइरहेको अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल स्टेडियमको पिच चाहे जस्तो नभएको स्वीकार गरेको छ ।
पिच बारे आलोचना भएपछि आइसीसीले स्पष्ट पार्दै न्यूयोर्कको यो पिच चाहेजस्तो नभएको उल्लेख गर्दै आउदा खेलमा यस पिचलाई उत्कृष्ट बनाउने बताएको छ ।
आइसीसीले भनेको छ- 'भारत र आयरल्याण्डले आफ्नो समूह खेल अत्यन्तै कठिन विकेटमा खेलेको एक दिन पछि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, 'अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदको भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ। आवधिक रूपमा यस्ता...
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।
गएराती सम्पन्न समुह बि अन्तर्गतको यस खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो ।
नामिबियाले दिएको १५६ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
यो जितपछि...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।
शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४४ हजार ३०० पुगेको छ ।
यस अघि विहिबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई अवैध रूपमा बन्दुक किनेको र राखेको आरोपमा माफी दिन अस्वीकार गरेका छन् । बाइडेनले पनि परीक्षणको नतिजा स्वीकार गर्ने बताएका छन्।
एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरको बारेमा सोधिएको प्रश्नको जवाफ दिदै अमेरिकी राष्ट्रपतिले हन्टर बाइडेनलाई माफ गर्न अस्वीकार गरेका हुन् ।
रिपोर्टका अनुसार यसअघि डिसेम्बरमा ह्वाइट हाउसका प्रेस...
















