अन्तराष्ट्रिय
अमेरिकामा अश्वेत कार चालक माथी गोरा प्रहरी ४१ सेकेन्डमा ४६ गोली हानेकाे पुष्टी
Himal Times -0
शिकागो । अमेरिकाको शिकागो प्रहरीले एक व्यक्तिको कारमा ४१ सेकेण्डमा ९६ गोली हानेको खुलेको छ ।
सो कारमा रहेका अश्वेत चालक डेक्सटर रीडको मृत्यु भएको थियो, जुन घटना गत मार्च २१ गते भएको बताइएको छ । तर, अहिले यसैसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि हंगामा मच्चिएको छ ।
घटनाको समयमा त्यहाँ उपस्थित प्रहरी अधिकृतको वर्दीमा जडान गरिएको बडी क्याममा भिडियो रेकर्ड गरिएको...
अन्तराष्ट्रिय
भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाइ बोलायो तर चीन, पाकिस्तान र अमेरिकालाइ दिएन निम्तो
Himal Times -
नयाँ दिल्ली ।भारतमा अप्रिल १९ देखि सुरु हुने लोकसभा चुनावका बीच भाजपाले विश्वभरका २५ राजनीतिक दललाई आमन्त्रण गरेको छ ।
द इन्डियन एक्सप्रेसका अनुसार जसको उद्देश्य भारतको चुनावी प्रक्रिया र बीजेपीको चुनावी रणनीति विदेशी दलहरूलाई बुझाउनु रहेको छ ।
पार्टी प्रमुख जेपी नड्डाले सुरु गरेको ‘भाजपा जान्नुहोस्’ पहल अन्तर्गत भाजपाले यो कदम उठाएको हो। निमन्त्रणा प्राप्त विदेशी दलहरूमा बेलायतको कन्जरभेटिभ र...
मुम्बइ । फिल्म निर्माता करण जोहर अब जुनियर एनटीआर स्टारर ‘देवाराः पार्ट १’ मा सामेल भएका छन्।
करणले अक्टोबरमा रिलिज हुने यो फिल्मको उत्तर भारतीय नाटकीय वितरण अधिकार किने पछि उनको सहकार्य जुनियर एनटिआरसँग हुन लागेको हो ।
रविना टण्डनका पति अनिल थडानीको कम्पनी एए फिल्म्सले पनि करणलाई यो सम्झौतामा सहयोग गर्ने छ । दुवैले युवा सुधा आर्ट्स र एनटीआर आर्ट्ससँगको...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।
अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा-५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ ।
अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ओलाङचुङ्गोला जाँदैछन ।
समुद्री सतहबाट ५२०० मिटर उचाइमा रहेको ओलाङचुङ्गोलामा ओली जान लागेका हुन् ।
‘आज म ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला जाँदै छु । ओलाङ्चुङ्गोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ओलाङ्चुङ्गोला नजिकैको गोला गाउँको तस्विर राख्दै उनले सो जानकारी दिएका हुन, सो बस्ती जो ३२०० मिटर उचाइमा रहेको...
नयाँदिल्ली । इलेक्ट्रिक भेहिकल (इभी) उत्पादन गर्ने कम्पनी टेस्लाका मालिक एलोन मस्क यसै महिना भारत भ्रमणमा आउनेछन्। समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै उनको भ्रमण अप्रिल २२ देखि २७ सम्म हुनसक्ने बताएको छ । मस्कले एक्स पोस्टमा लेखेका छन् – प्रधानमन्त्री मोदीलाई भेट्न आतुर छु ।
यो उनको पहिलो भारत भ्रमण हुनेछ । यस समयमा, मस्कले भारतमा टेस्लाको उत्पादन कारखानाको...
वासिंगटन डिसी । इरानले इजरायल माथी हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने भएको छ।
तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बिचमा अमेरिकाले आफ्नो स्थिति स्पष्ट पारेका हुन् ।
सोही सन्दर्भमा अमेरिकन राष्ट्रपति जो बाइडेनले इजरायललाई ‘फलामे ढोका’ भएर अमेरिकाले इजरायलको रक्षा गर्ने जनाएका छन ।
इजरायलले १० दिनअघि सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि इरानले...
ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन् ।
पार्टीबाट राजीनामा दिदै उनले भनेका छन्- 'दसौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखियो । जुन खालकाअरोप-प्रत्यारोपको होड वाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले...
काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकंदर’ घोषणा गरेका छन् ।
यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘हॉलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन गरिसकेका छन् । यस फिल्मको निर्माता साजिद नाडियाडवाला हुनेछन् ।
बिहीबार इदको विशेष अवसरमा सलमानले सामाजिक सञ्जालमार्फत यो फिल्मको घोषणा गरेका हुन् । पोस्ट सेयर गर्दै...
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए ।
सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री...

















