Home Blog Page 958
  काठमाडौंँ । अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी त्यहाँ पुगेकी हुन् । श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् । फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन् । उनले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरमा उनलाई बिकनीमा देख्न सकिन्छ ।
झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको...
नयाँ दिल्ली (भारत) । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल परीक्षण पूरा भएको हो ।   अर्थात् यो सुईले प्रयोगको अनुमति पाएको छ । यो सुईको कुनै साइड इफेक्ट नभएको दाबी आईसीएमआरको छ । यो...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् ।  शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताए । लामिछानेले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ...
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ  प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा उनले कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भ्रमणका अवसरमा उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र...
कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार विगत केही समयदेखि एक जना व्यक्तिले बाँके जिल्लाका विभिन्न...
बाँके । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्। कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डिएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए। चक्कु लागेपछि डिएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। डिएसपी डाँगीका...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेका छन् । अब के हुने भन्ने बारे थप छलफल गरेर अगाडि बढ्ने बताएको छ । निर्वाचन टिम, सचिवालय लगायतले निश्पक्ष रुपमा काम गर्न नसकेपछि मतपरिणाममा गडबडी भएको असन्तुष्ट एनआरएनका प्रतिनिधिहरुको आरोप...
काठमाडौं । कैलालीको धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र हेमराज जोशी छन् । आरोपितहरुको साथबाट १ फिट १० इन्च लामो चितुवाको छाला र ६ किलो ७४० ग्राम लागुऔषध चरेश बरामद गरिएको...
काठमाडौं । नेपालमा बिहीबारदेखि तथा विदेशमा रहेका नेपालीहरूका लागि भने बुधबार रातिबाटै २४ घण्टाका लागि पहिलो पटक ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ भईरहेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि नेपालमा बिहीबार मतदान हुँदै छ । विदेशमा रहेका नेपालीकाहरूका लागि भने बुधबार रातिबाटै अनलाइन भोटिङ खुला गरिएको छ । जसले मतदानको समय सुरु भएदेखि चौबिस घण्टाभित्र मतदान...
- Advertisement -

POPULAR POSTS