Home Blog Page 960
काठमाडौँ । मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको हो । हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको बताएको छ । हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका छन् । उनलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याइँदै गरेको न्यौपानेले जानकारी दिए...
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै आएको एनआरएनले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ । एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट यही असोज ३० गते बिहान हुने तय भएको छ ।...
म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुराेहित श्याम रिजाल यसपालि फुर्सदिला छन् ।   “पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुको पातलो उपस्थिति छ”, उनले भने, “भक्तजन कम हुँदा हामीहरुलाई पनि कामको चाप छैन ।”   दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको...
राक्सिराङ्ग । नेपाल तामाङ घेदुङ्ग राक्सिराङ्ग गाउँपालिका अध्यक्षमा हस्तबहादुर मोक्तान सर्वसम्मत चयन भएको छ। बिहिबार गाउँपालिकाको दोस्रो अधिबेशनले मोक्तान नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो। समितिको उपाध्यक्षमा रामकुमार बाल्पा थिङ, महिला उपाध्यक्षमा बेलीमाया मुक्तान, सचिवमा मेम्बर सिं लामा, सह-सचिवमा ज्ञानेन्द्र थोकर, कोषाध्यक्षमा शरण दोङ चयन भएका छन । त्यस्तै, सदस्यहरुमा विष्णु लो, बुद्धराम मुक्तान, उत्तम वाईबा, देवनाथ पाख्रिन, कोपिला...
विपेन उलङगे काठमाडौं । मलेसियाको श्रमबजार र श्रमिकको समस्या समाधानसंगै सुनिने नाम हो खगेन्द्र न्यौपाने । झापामा जन्मिएर करिब दुई दशकदेखि मलेसियामा रहेर विभिन्न व्यवसायसंगै एनआरएनए मलेसियामा रहेर सामाजिक कार्य गरिरहेका न्यौपानेले यसपटक श्रमगन्तव्य मुलुक मलेसियाबाट गैरआवासीय नेपाली संघको सन २०२३-२५ कार्यकालको केन्द्रीय उपाध्यक्षमा दरिलो दावेदारी पेस गरेका छन । उपाध्यक्ष पदका उम्मेदवार न्यौपाने सम्मानित श्रमिक र सुरक्षित वैदेशिक रोजगारको प्रण...
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले लोकतन्त्रमा राजतन्त्रको समेत वकालत गर्न पाउने भएकाले लोकतन्त्र भन्दा उन्नत राजतन्त्र हुन नसक्ने जिकिर गरेका छन् । उज्यालो नेटवर्कको एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय लोकतन्त्रले दिएको स्वतन्त्रता प्रयोग गरेर राजावादीहरुले राजतन्त्रको वकालत गरेको देख्दा उदेक लागेको बताए । जुन व्यवस्थामा राजतन्त्रको माग गर्न पाएको छ, जसको पनि आलोचना गर्न पाउने वाक...
जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौला समस्या बढी हुनसक्ने देखाएको हो । अध्ययनका क्रममा दुई वर्ष खाडीका...
कर्णाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन चार सय ७४ पृष्ठको छ । बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आयोगका सुर्खेत कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ बमोजिम प्रदेश प्रमुख परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन्  । सो अवसरमा प्रदेश प्रमुख परियारले...
म्याग्दी । गत वर्ष रु एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रु एक लाख बीस हजारको मात्र बिक्री गरे । थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् । गत वर्ष रु १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले रु पाँच लाखमा ठेक्कामा दिएको...
रामेछाप । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतीक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ फाप्लुको...
- Advertisement -

POPULAR POSTS