Home Blog Page 968
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सक सहित स्वास्थकर्मिले सामुहिक राजीनामा दिएका छ्न । दोषिलाई पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीहरुले आजबाट हेटौँडा अस्पतालमा आकस्मिक वाहेकका सम्पूर्ण सेवाहरु ठप्प पार्ने भएका छन् । डेंगु संक्रमणको...
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ । भेटमा मुख्यमन्त्री पाण्डेले गत साउन २८ गतेको बाढीका कारण कागबेनीमा भएको क्षतिका कारण स्थानीयले अहिले पनि सास्ती भोग्नुपरेको, व्यक्तिगत, सामुदायिक सरकारी संरचना ध्वस्त भएको बताउँदै सहयोगका लागि...
गोरखा । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याले गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका उपभोक्ताले हैरानी खेप्दै आउनु परेको छ । गएको दुई महिनाभन्दा बढी समयदेखि त्यस क्षेत्रका उपभोक्ताले नेटवर्क समस्याका कारण र इन्टरनेट सेवा राम्रोसँग सञ्चालन नहुँदा कठिनाई भोग्दै आउनु परेको हो । जिल्लाको उत्तरपश्चिम अजिरकोट गाउँपालिकाको भच्चेकमा रहेको टेलिकमको टावरमा आएको समस्याका कारण टेलिकमको मोबाइल सेवा तथा...
चितवन । माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो । यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, जग्गाधनी प्रमाण पुर्जा र दुई प्रतिफोटो बुझाउनुपर्ने...
काठमाडौँ । हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, राजनीतिक नेता र आम कार्यकर्ताले उनको अप्रत्याशित निधन भएकामा दुःख व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा खेलेको भूमिकाको स्मरण गर्न भुलेका छैनन् । श्रद्धाञ्जली...
विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ । धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाहरूले घरमै आएर खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ । धरान १५ मा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर युवाहरुको...
मलेसिया ।  सुदूरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना साथै पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण, सम्वर्द्धन तथा प्रचारप्रसार मा टेवा पुर्याउने उदेश्यले सुदुर पस्चिमेली समाज मलेसिया द्वारा आयाेजित  गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम १० सितेम्बर २०२३ आईतबारका दिन सम्पन्न भएकाे छ। सुदुर पस्चिमेलि समाज मलेसियाका अध्यक्ष दिनेश खड्का खप्तडिकाे अध्यक्षता र  नेपाली राजदूतावास मलेसियाका कार्यबाहक राजदूत एवं प्रथम सचिव बलिराम प्रसाद...
मलेसियामा रहेका शेर्पाहरुको र्सगठन शेर्पा संघ मलेसियाको भेलाले नयाँ कार्य समिति चयन गरेको छ । यहि सेप्टेम्बर १० तारिख आइतबारको दिन क्वालालुम्पुरमा भएको भेलाले शेर्पाहरुको संगठनको अध्यक्षमा ङावाङ नुरी शेर्पा चयन भएका छन् । त्यसै गरी अन्य पदाधिकारहिरुमा बरिस्ठ उपाध्यक्ष : मिङमा लामा शेर्पा,, उपाध्यक्ष : जेनि शेपा, उपाध्यक्ष : पेम्बा ग्याल्जेन शेपा, उपाध्यक्ष : आङ फुर्बा शेर्पा, उपाध्यक्ष :...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताएको छ । नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख...
बिरगंज । भन्सार छली घरमा लुकाइ राखेको आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरंग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइराखेको सूचनाको आधारमा सशस्त्र प्रहरीले सोमबार छापा मारी काजु बरामद गरेको हो। भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले करिब सात लाख २० हजार रूपैयाँ बराबरको काजु बरामद गरेको हो। उक्त...
- Advertisement -

POPULAR POSTS