कर्णालीमा धेरै अभावकाबीच काम गर्दै छौँ : मुख्यमन्त्री शर्मा

everest kitchen

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विभिन्न अभावका बाबजुद निति तथा कार्यक्रम र बजेट ल्याएको बताएका छन । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको गाउँसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

मुख्यमन्त्री शर्माका अनुसार कर्णालीमा झण्डै ११ सय कर्मचारी अपुग रहेका छन् । खरिदार, ड्राइभरसम्मको पदहरुमा कर्मचारी पुग भएपनि त्योभन्दा माथिका कर्मचारीहरु अपुग रहेको र केही भएका कर्मचारीहरु पनि सुशासनको अभावले घाम तापेर बस्ने अवस्था रहेकोसमेत उनलेे बताए । तसर्थ दक्ष जनशक्तिको अभाव र कर्णालीमा योजना बैंकसमेत नहुदा निति तथा कार्यक्रम निर्माणमा अभाव झल्नु परेको हो, उनले भने । यद्यपि अभावका बाबजुद कर्णालीमा निति तथा कार्यक्रम र बजेट राम्रो बनेको उनले बताए ।

बोल्ने उनले क्रममा शैक्षिक चेतनाको विकास गर्नुपर्ने बताए । भनले भने, “हाम्रो शैक्षिक स्तर भनेको भवन देख्ने मात्रै छ, त्यस्लाई अन्त गर्नुछ, भवन बलियो तर शैक्षिक गुणस्तरको जग कमजोर हुने अवस्थाको रहेको छ । यसको अन्त गर्न बालबिकासबाट सुधार गरेर जाने गरि प्रदेश सरकार लाग्नेछ । सबै विद्यालयमा प्रयोगशाला स्थापना गरेर व्यवसायीक शिक्षाको थालनी गर्नेतर्फ हामी लाग्नुछ ।”

साथै, मुख्यमन्त्री शर्माले कर्णालीको आर्थिक विकासको लागि लघुबित्तिय संस्था स्थापना गरेर स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा वित्तीय संस्था स्थापना गरेर बिनाझन्झट सहज तवरले किसानलाई सहुलियतपूर्ण ऋण दिने योजनामा रहेकोसमेत बताए ।