त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन
काठमाडौं - त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन्।
इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६-०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ।
बिहान ११:४९ बजे मोटरसाइकल खसेपछि...
विराटनगरको शान्ति सुरक्षा खस्किँदो, शोरुम तोडफोड गरेर कार नै चोरी
काठमाडौं - प्रहरीको अत्यधिक निगरानीमा रहनुपर्ने विराटनगर विमानस्थलनजिकैको क्षेत्रमा शोरुम तोडफोड गरेर कार चोरी भएको छ।
शुक्रबार बिहान राति विराटनगर महानगरपालिका-३ एयरपोर्ट मोड दक्षिणको पूजा इन्टरप्राइजेज शोरुम तोडफोड गरी कार चोरी भएको हो।
प्रहरीका अनुसार शोरुम...
नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको प्रधानमन्त्रीसँग छलफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा आज छलफल गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा...
आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम बदली रहने
काठमाडौं, २ फागुन । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...
आजको राशिफल
बि.सं.२०८१ फागुन २ गते शुक्रबार, ई.सं.२०२४ फ्रेबुअरी २४, नेपाल सम्बत ११४५ सिल्लागा द्वितीया, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, फागुन कृष्ण द्वितीया, पञ्चाङ्ग: अतिगंड तैतल पूर्वराशि: सिंह, सूर्य राशि: कुम्भ, प्रथम करणः तैतिल, याेगः अतिगण्ड । आज नेपालमा सूर्योदय बिहान...
सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम
काठमाडौं । बबरमहलको मुख्य सडकमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम सुरु भएको छ । बुधबार दिउँसो विद्युत प्राधिकरणले तार भूमिगत गर्ने काम अघि बढाउँदा खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।
विद्युत...
आजको मौसमः तीन प्रदेशकाे माैसम बदली रहने
काठमाडौं, १ फागुन । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...
आजको राशिफलः
बि.सं.२०८१ फागुन १ गते बिहिवार, ई.सं.२०२४ फ्रेबुअरी १३, नेपाल सम्बत ११४५ सिल्लागा प्रतिबदा, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, फागुन कृष्ण प्रतिपदा, पञ्चाङ्ग: शोभन बालव मघा राशि: सिंह, सूर्य राशि: कुम्भ, प्रथम करणः बालभ, याेगः साैभान । आज नेपालमा...
खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ
पर्सा - खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन्।
पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशरोर लम्सालका अनुसार...
तनहुँमा शिक्षिकाले तातो पन्युले तीन विद्यार्थीको गाला डामिन्, पक्रियो प्रहरीले
काठमाडौं - कक्षाकोठामा हो-हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युले डामेकी छिन्।
भीमाद नगरपालिका-६ शान्तिनगरकी ३४ वर्षीया सुष्मा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत् एक बालकलाई खाना...











