मधेसका मेयरले निःशुल्क बाँडे सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो
सञ्जय मिश्रा, रौतहट २४ पुस। भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट बितरण गरिएको छ।
मेयर शेख वकीलको पहलमा नगरलाई धुवाँमुक्त बनाउन ८ हजार परिवारलाई ग्याँस सिलिन्डरसहित...
नेप्से सुचकमा सामान्य बृद्दी, कारोबार भने घटयो
काठमाडौं, २४ पुस । सेयर कारोबार सामान्य अंकले बढेको छ ।
धितोपत्र वोर्डका अनुसार नेप्से परिसूचक बुधबार ६.३८ अंकले बढेको हो ।
अघिल्लो दिनको तुलनामा ०.२४ प्रतिशतले बढेको नेप्से बुधवार भने २ हजार ६५३.२३ बिन्दुमा पुगेर...
सहकारी हिनामिनाः लेखा समितिका सभापतिकी पत्नी अदालतमा हाजिर
विराटनगर, २४ पुस । सार्बजनिक लेखा समितिकी सभापति अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् ।
सहकारीको रकम हिनामिनाको आरोप लागेकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन् ।
मोरङको धनपालथान– ४ को उमागौरी कृषि सहकारी संस्थाको २२...
शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड
काठमाडौं, २४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई पूरा गराउन सडकमा जाने अवस्था आउनसक्ने बताएका छन ।
राज्यद्वारा बेपत्ता यौद्धा राजेन्द्र ढकालको २६ औं स्मरण दिवसको अवसरमा परिवारले आयोजना गरेको...
अर्थतन्त्र सुधार गर्न नीतिगत र संरचनागत सुधारमा लागेको छ: अर्थमन्त्री
काठमाडौं, पुस २४। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय...
बक्यौता रकम भुक्तानीका लागि निर्माण परिषदको आग्रह
काठमाडौँ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार...
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं, पौष २४ । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन...
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
काठमाडौं, पौष २४ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्नेभएको छ । कम्पनीले २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो । सभा सेलिब्रेशन हाईट, सुकेधारा...
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौं, पौष २४ । प्रि ओपन सेसनमा नेप्से सूचक २३.६५ अंकले बढेको छ । यससँगै सूचक २६७०.५० विन्दुमा आएको छ । १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय...
सुनको भाउ ५ सयले बढ्यो
काठमाडौं, पौष २४ । नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय...










