गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश संसदीय दलको कार्यालयमा सोमबार विश्वासको मत लिने सम्बन्धि पत्र दर्ता गराएका हुन्...
वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो
विरगंज___ वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम तिब्र रुपमा अघि बढेको छ । ५० हेक्टर क्षेत्रफल ओगट्ने यस चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ...
रौतहटमा अख्तियार आतंक चल्यो : जनप्रतिनिधि
सञ्जय मिश्रा
रौतहट- पछिल्लो समय रौतहटका स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धानको नाममा आतंक फैलिएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।
रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित आयोजित कार्यक्रममा शुक्रबार अधिकांश जनप्रतिनिधि त्यस्तो गुनासो गरेका हुन्।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडाको कार्यकेत्र...
काठमाडौँ महानगर भित्र रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन अध्ययन कार्यदलको शिफारिस
काठमाडौँ । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले...
डेलिभरीमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ- प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै...
सुनको मुल्यमा नयाँ किर्तिमान
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।
शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
नेपाल सुन...
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ- प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् ।
डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज...
रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने
काठमाडौँ । भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन् ।
यस अघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी...
राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया हो- प्रवक्ता शर्मा
काठमाडौं । सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकार परिवर्तन हुँदा राजदूतलाई पनि फिर्ता बोलाउने...










