गृहमन्त्री अर्यालद्वारा मतदान
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
दार्चुलामा ‘नो भोट’ अभियान, दुधिला माविमा १० बजेसम्म शून्य मतदान
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला माविमा १० बजेसम्म शून्य मतदान भएको छ ।
निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी विहान ७ बजे नै तयार रहेपनि हालसम्म एक जना मतदाता पनि भोट हाल्न नपुगेको दार्चुलाका...
मतपेटिका संकलन भएको २४ घण्टा भित्र परिणाम : भण्डारी
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
भण्डारी आज (विहीबार) बिहानै काठमाडौं महानगरपालिका वडा नं २९ को अनामनगर मिलन विद्यामन्दिर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको...
सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जितहो : प्रचण्ड
रौतहट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जित भएको बताएका छन् । बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलको मतदान केन्द्रबाट मतदान...
सर्लाही–४ को बसबरियामा विवादपछि रोकिएको मतदान पुनः सुरु
रौतहट । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध...
कांग्रेस सभापती थापाले गरे मतदान
काठमाडौं । नेपाली कांग्रेसका सभापती एवंम् सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् ।
थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
प्रधानमन्त्री कार्कीद्वारा मतदान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।
प्रधानमन्त्री सुशिला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपील
काठमाडौै । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आज भइरहेको प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई मतदान गर्न आम नागरिकलाई आग्रह गरेकी छन् ।
बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै दिदीबहिनी...
भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठुलो दल बन्दैछ : विश्वप्रकाश शर्मा
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणि माविको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेका हुन् ।
उनले सबैलाई भयरहित वातावरणमा...
पूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान
काठमाडौं । उज्यालो नेपाल पार्टीका अभियन्ता एवं पूर्वमन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान मतदान गरेका छन् ।
घिसिङले काठमाडौं महानगरपालिका–६ स्थित महाँकाल जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका...











