साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै

कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे...

काठमाडौं उपत्यकाबाट १८ जना बन्दकर्ता पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको...

पाठशालाका लघुकथा ३ को विमोचन

काठमाडौं । लघुकथाको बिकास र बिस्तारका लागि खोलिएको हाम्रो लघुकथा पाठशाला पेजले भदौ ५ गते१४ औँ लघुकथा दिवसको अवसरमा पाठशालाका लघुकथा - ३ को विमोचन र विमर्शन कार्यक्रम सम्पन्न गरेको छ । जुम प्रविधिमार्फत गरिएको...

जनजाति महासंघ मलेसियाको अध्यक्षमा पुनः विपिन राई निर्वाचित

मलेसिया । आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्षमा पुनः विपिन राई निर्वाचित भएका छन् । आईतवार मलेसियाको राजधानी क्वालालम्पुर स्थित फाईभ ईलिमेन्ट होटलमा सम्पन्न ५ औं महाधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो । सम्पन्न...

एनएमबी बैंकको एटिएम मेशिन तोडफोड गरी नगद चोरेको आरोपमा पक्राउ

काठमाडौं । पोखराबाट एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरेर नगद लिइ फरार भएका व्यक्तिलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । नवलपरासी(पूर्व) देवचुली नगरपालिका-५ घर भई पोखरा महानगरपालिका-३० बस्ने २१ वर्षीय अनिस तामाङलाई प्रहरीले बिहीबार...

विमानस्थलबाट पक्राउ परेका एक भारतीय नागरिकलाई सौच गराउदा चार वटा सुनको पोका बरामद

काठमाडौं । प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन...

बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत – प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी अध्यक्ष दाहालले उनीप्रति...

माओवादी स्थायी समिति बैठक: प्रचण्डले प्रस्ताव गरे महासचिवमा गुरुङ, कुन पदमा को–को ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रसताव गरेका छन् । प्रचण्डले विधान अनुसार २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित महासचिवमा देव गुरुङको नाम आएको छ...

कृषिमा यान्त्रीकरणले गोरु र राँगा पाल्नुपर्ने बाध्यता हट्दै

सुदूरपश्चिम। ट्र्याक्टर, थ्रेसर मेसिनसहितका कृषियन्त्रको प्रयोगले किसान गुलाब रानालाई खेती गर्न पहिलेको भन्दा निकै सहज भएको छ । विगतमा हलगोरु पालेर खेतीको काम गर्दै आउनुभएका उनले पछिल्ला वर्षमा ट्र्याक्टर, थ्रेसर, रोटाभेटरजस्ता कृषियन्त्रको प्रयोग गरेर खेती...

शून्य लागतमा मलेसियामा रोजगारी

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा...