काठमाडौं । अमेरिकामा आयात भैरहेको चिनियाँ लसुन देशको सुरक्षाका लागि उपयुक्त नभएको दाबी एकजना अमेरिकी सांसदले गरेका छन् ।
रिपब्लिकन सिनेटर रिक स्कटले वाणिज्यमन्त्रीलाई पत्र लेखेर चिनियाँ लसुन आयातबाट राष्ट्रिय सुरक्षामा पर्ने असरको जाँच गर्न पनि सरकारसँग माग गरेका छन् ।
चीन विश्वमा सबैभन्दा धेरै लसुन निर्यात गर्ने मुलुक हो र अमेरिका उसको सबैभन्दा ठूलो आयातकर्ता हो ।
जाजरकोट । जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।
गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त...
काठमाडौं । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएर पनि माखो मार्न नसकेको आरोप खेप्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।
उनले पदअनुसारको काम गर्न नसकेको वा गर्न नदिएको भन्ने चर्चा राजनीतिक र अन्य वृतमा चलिरहेको थियो । यही बीचमा उनले २० मंसिरमा राजीनामा दिएका हुन् । गजुरेलले आफूलाई प्यारालाइज्ड बनाएको भन्दै प्रधानमन्त्रीसँग...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।
भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । ‘शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि उनलाई पक्राउ गरिएको हो ।’
सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३...
काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको छ ।
यो बर्षको यसअघि काठमाडौंमा न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ ।...
जाजरकोट । भूकम्पले घर भत्केपछि भेरी–२ का बिर्खबहादुर कार्कीको परिवार त्रिपालमा बास बस्न थालेको महिना दिन भइसक्यो । तर, अस्थायी भवन बनाउन सरकारले दिने भनेको राहत अझै पाएका छैनन् ।
त्यसैकारण चिसो भुइँमै रात बिताउनु परिरहेको कार्कीको गुनासो छ । सरकारले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार दिने निर्णय गरेको थियो । जसअनुसार पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न भएपछि २५ हजार...
मलेसियामा करिब दस बर्ष रोजगारीको सिलसिलामा बसेपनि समाजसेवामा अमेट छाम छाडेर रामप्रसाद पुन स्वदेश फर्किएका छन्् ।
मलेसियामा लामो बसाईको क्रममा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ तथा अन्र्तराष्ट्रिय रोल्पाली सेवा समाज लगायतका संस्थामा जोडिएर इमान्दार समाजसेवीको रुपमा पहिचान बनाएर उनि स्वदेश फर्किएका हुन् ।
आफूले काम गर्ने ठाउँबाट बिदा पाउने बित्तिकै संस्थाले खटाएको काम होस वा समस्यामा परेका नेपालीहरुको...
भक्तपुर । भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ ।
पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिए ।
कलहाँस नेपालमा पहिलोपटक सन् २००४ मार्च २४ मा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुईवटा कलहाँस भेटिएका थिए ।...
Flash News
बर्दियाका १० हजार परिवारलाई इन्डक्सन चुल्हो वितरण गर्छौं : सांसद अब्दुल खान
BIPEN Ulange -
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहेका जनमत पार्टीका सांसद अब्दुल खानले आउँदो पुसपछि बर्दियाका १० हजार परिवारलाई इन्डक्सन चुल्हो वितरण गर्ने बताएका छन् ।
हालै दुबईमा भएको कोप–२८ सम्मेलन सहभागी भएका सांसद खानले सिंगापुरमा रहेको ‘सिंगापुर डोनर एजेन्सी’ र नेपालको ‘इन्भाइरोमेन्ट प्रोटेक्सन अर्गनाइजेशन’ का बीच मंसिर १९ गते सहमति...
चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको रु २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् ।
असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए । उनले भने, “दुग्ध विकास संस्था र...

















