Home Blog Page 956
रुकुम । शुक्रबार राति जाजरकोटको बारेकोटमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पको कारण रुकुम पश्चिमको त्रिवेणीमा पनि अत्याधिक भौतिक क्षति भएको छ । त्रिवेणीमा करिब तीन हजारबढी घरहरू क्षति पुगेको हो । सोमबार त्रिवेणी गाउँपालिकाको आयोजनामा बसेको छ । बैठकमा त्रिवेणीका दशवटै वडाका वडाअध्यक्षहरुले रिपरमखेका थिए । सो क्रममा त्रिवेणीमा हालसम्म मानवीय क्षति नभएपनि भौतिक क्षेती भने धेरै भएको प्रमुख प्रशासकीय अधिकृत...
सुर्खेत। कर्णाली प्रदेश सरकारको सिंगो मन्त्रीपरिषद्को टोली भूकम्प प्रभावित क्षेत्रमा खटिने भएको छ। मुख्यमन्त्रीको नेतृत्वमा मन्त्रीहरु बीच जिम्मेवारी बढिएको छ । जसअनुसार मुख्यमन्त्री राजकुमार शर्मा प्रभावित क्षेत्रमै आवश्यकता अनुसार सक्रिय रहनेछन् । अर्थमन्त्री बेदराज सिंह जाजरकोट, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकास मन्त्री खड्ग पोखरेल सुर्खेतमा बसेर आवश्यक राहतको व्यवस्थापनदेखि आपूर्ति लगायतका कामहरू गर्नेछन् । कृषिमन्त्री भीमप्रकाश शर्मा...
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो घोषणा गरेका थिए । सोमबार प्रधानमन्त्री निवास पुगेर गुरुङ दम्पतीले आफूले घोषणा गरेको रकम...
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्पमा परि पीडित भएका परिवारलाई सहयोग गर्ने भएको छ । महासंघले एक बिज्ञप्ति जारी गर्दै अन्य संघ संस्थालाई पनि सहयोगको लागि अपिल गरेको छ । मलेसियामा रहेका संघ संस्थाहरुमा एनआरएनए मलेसिया र प्रवासी नेपाली मञ्चले पनि सहयोगको प्रतिबद्धता जाहेर गरिसकेका छन् । मलेसियामा रहेका सबै संघ संस्थाहरु एकजुट भएर सहयोग गर्ने...
  रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिईएको छ । साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । नगरप्रमुख रवि केसीले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट मानवीय एवं भौतिक संरचनामा पनि क्षति पुर्याएकाले आठबीसकोट नगरपालिकाले सार्वजनिक विदा दिइ उद्धारमा एकीकृत हुन आह्वान गरेको बताए...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनरमा टेन्ट पठाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज राजधानीबाट तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो । उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको...
रुकुम । भुकम्प प्रभावित जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा खोज, उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र स्वास्थ्य सामाग्रीसहित प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् । जाजरकोट केन्द्रबिन्दु बनाएको भुकम्पको कारण हालसम्म जाजरकोट र रुकुममा गरि सयभन्दा बढीको ज्यान गएको छ भने सयौं घाइते...
क्वालालम्पुर । गैरआवासीय नेपाली संघको हालै सम्पन्न निर्वाचनमा निर्वाचित एसिया प्यासिफिक क्षत्रीय संयोजक हरी भट्टराईलाई मलेसियामा स्वागत गरिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय सम्मन्वय परिषदको निर्बाचनमा एसिया प्यासिफिक क्षत्रीय संयोजक (आरसी) पदमा भारी मतका साथ निर्बाचित भएका भट्टराईलाई एनसिसि मलेसियाले क्वालालम्पुर विमानस्थलमा स्वागत गरेको हो । भट्टराई गत १७ अक्टोबर देखि २० अक्टोबर सम्म काठमाडौ स्थित सोल्टी होटलमा सम्पन्न सम्मेलनबाट निर्वाचित भएका...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरुको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए । “राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार विपी राजमार्ग भएर...
- Advertisement -

POPULAR POSTS